Wednesday, May 20News That Matters

गजल

  -तुलसा भट्टराई, उदयपुर

कोरोनाको सन्त्रासले जलाउने हो अझै कति ?
विश्वभरी हल्लाहरू चलाउने हो अझै कति ?

हुनेखाने र हुँदाखानेबीचको फरकलाई
घर्-घरमा गरिबीले गलाउने हो अझै कति?

सुन्दर भविष्यको सपनामा बाँचेकाहरूको
मनभित्र तनाव नै पलाउने हो अझै कति ?

जोखिमयुक्त भू-भागमा रहेका ती बस्तीहरू
भूकम्प र पहिरोले ढलाउने हो अझै कति ?