
झापा, जेठ ६ गते ।
झापाको बिर्तामोडमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राईको गाडीको ठक्करबाट मृत्यु भएको हो ।
सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले बिहान ८ बजे बालकलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएका बालकलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बालकलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
