
पूर्णपुष्टि, जेठ ३० गते ।
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
स्याङ्जाका २२ जना, पर्वतका १३ जना, तनहुँका १ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
स्याङजाका ३ र ४ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिले सम्म स्याङजामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।
अहिलेसम्म गण्डकी प्रदेशमा १ सय ८८ जना संक्रमित मध्ये १० जना उपचारपछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

