Monday, June 29News That Matters

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १२ 

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उक्र संक्रमित मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।