
पूर्णपुष्टि, असार ४ गते ।
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा थप ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना संक्रमित भेटिएका छन् । मनाङका संक्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना र तनहुँमा १२ जना रहेका जनाईएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
