Friday, May 22News That Matters

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ४

गण्डकी प्रदेशमा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार आठ सय १८ पुगेको छ ।

आज तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको जनाईएको छ ।