
पूर्णपुष्टि, असार २०
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमितको संख्या १ हजार ७९ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये २ सय ९६ जना उपचारपछि निको भएको जनाईएको छ ।
आज विहान गोरखाका ४४ वर्षका पुरुषको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको जनाईएको छ । तर स्वास्थ्य मन्त्रालयले ती पुरुषको निधनबारे पुष्टि गर्न बाँकी छ ।
