Saturday, April 25News That Matters

गत ६ महिनामा प्रदेश नं १ मा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

पूर्णपुष्टि, माघ ८

छ महिनाको अबधिमा १ नं प्रदेश प्रहरी कार्यालय  बिराटनगरमा १८ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । बिभिन्न अपराधिक घटनाको मुद्धा अन्तरर्गत १ नं प्रदेशका १४ ओटै जिल्लाहरुमा भएको बिभिन्न अपराधिक घटनाहरुको मुद्धालाई निष्पक्ष कानुन कार्वाही गर्ने क्रममा ठुलो मात्रामा राजश्व संकलन भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको एक अर्धबार्षिक समिक्षा कार्यक्रमले गत छ महिनाको अबिधिमै ३ हजार ३ सय १४ मुद्धा दर्ता भएको र ति सबै गैरकानुनि अपराधिक कार्यहरु रहेको जनाएको छ ।

कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनले आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता भई  १८ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको अर्धबार्षिक कार्यक्रममा समिक्षा भएको छ ।

दर्ता भएको मुद्धाहरु ३ हजार सय १४ ओटालाई कार्वाही गरिसकेको र फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार ४१७ जना प्रतिवादी पक्राउ गरी ५३६ बर्ष कैद भुक्तान र १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन उनिहरुबाट भएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ११९ जना मानिस पक्राउ परेका छन् भने ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरी ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ परेका छन् । उनिहरुबाट १५६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ ।

यिनै समाजमा हुने बिभिन्न अपराधिक कार्यभित्र प्रहरीले गर्ने काम कार्वाहीबाट यसै आर्थिक बर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको सूचना समन्वय अधिकृत प्रहरी नायव उपरिक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ११६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने  ३३६.३१२ केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको छ ।