Friday, May 22News That Matters

गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री हस्तान्तरण

मिलन परियार
लिम्चुङ्बुङ, भाद्र ५

लिम्चुङ्बुङका–५ जाँतेका एक सय १३ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण खाद्य सामाग्री वितरण गरिएको छ ।

कोरोना भाईरस संक्रमणले गर्भवती तथा सुत्केरी आमाहरु बढी प्रभावित भएकाले वल्र्डभिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेण्डेक उदयपुरको मातृ शिसु तथा पोषण परियोजना कार्यक्रम अन्र्तगत पोषण खाद्य सामाग्री वितरण गरेको हो ।

चामल २०, दाल २ , भटमास १, चना २ केजी, तेल १ लिटर, आयोडिन नुन १ केजी र चिनी १ केजिका दरले वितरण गरेको हुरेण्डेक उदयपुरले जनाएको छ ।

गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण खाद्य सामाग्री हस्तान्तरण गर्दै लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले  यो कार्यक्रमले हजार दिनका आमाहरुको स्वास्थ्य क्षेत्रमा अतुलनीय सहयोग गरेको बताएका छन् ।

हजार दिनका आमाहरुको स्वास्थ्य तथा  पोषणलाई मध्यनजर गर्दै  खाधान्न राहत प्याकेज ल्याएको संस्थाका परियोजना संयोजक बिकल सुबेदीले  बताए ।

वल्र्डभिजन र हुरेण्डेक उदयपुरले यस क्षेत्र को स्वास्थ्यका क्षेत्रमा बिगत देखी नै गर्भवती र सुत्केरी १ हजार दिनका आमाहरुलाई गरेको अतुलनीय सहयोग को स्वास्थ्य चौकी प्रमुख मो. फिरोज अलि राईनले बताए ।