Wednesday, June 3News That Matters

गर्भवती मृत्यु घटना : पिडित पक्षले राखेका यी तिन माग पुरा नभए सम्म लाश नउठाउने

पूर्णपुष्टि, फागुन २१
जिल्ला अस्पताल उदयपुरमा उपचारमा लयाईएका एक गर्भवतीको मृत्यु भएपछि पिडित पक्षले लापर्वाही गरेको भन्दै आक्रोस पोखेका छन् । उनिहरुले ३ दिन सम्म हस्पिटलले उपचारमा राख्दा पनि गर्भवतीको मृत्यु हुनु लापार्वाहीको कारण जनाए । उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षिय गर्भवती सीता राउत कार्कीको मृत्यु उपचारको क्रममा भएको थियो । पीडित पक्षको आन्दोलनका अगुवासँग जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार दिनभर वार्ता भयो तर त्यो बार्ता निष्कर्षमा पुग्न नसकेको भन्दै आफुहरुले राखेको तिन ओटा माग पुरा नभए सम्म लाश नउठाउने जनाएको छ ।

गर्भवतीको मृत्यु नहुनु थियो भयो त्यो दुखद हो तर उचित क्षती पुर्ति हस्पिटलले व्यवस्था गर्नु पर्ने भन्दै पिडित पक्षले ३ ओटा माग राखेको छ । उनिहरुले बिषेशगरी गर्भवती मृत्यु महिलाको दुई ओटा वच्चालाई सामान्य शिक्षा स्वास्थ्यको व्यवस्था, किरिया खर्च र दोषिलाई कार्वाहीको माग राखेको छ । उनिहरुले यो आफुहरुको सामान्य माग रहेको र यसलाई पनि पुरा गर्न नसके लाश नउठाउने जनाएको छ । हस्पिटलले नसक्ने अवस्था भए तत्काल बाहिर रेफर गर्नु पर्ने अवस्था हुन्थियो तर त्यो पनि नगरी गर्भवतीको ज्यान गएको भन्दै यो लापर्वाही नै रहेको जनाए । यस्तो संवेदनशिल अवस्थामा पनि हस्पिटलले खेलवाँडका साथ गर्भवतीको ज्यान ज्याने अवस्था बनाएको पिडित पक्षको आरोप छ ।

सेवा लिने क्रममा गर्भवतीको मृत्यु भएपछि मृतकको परिवारजन तथा आफन्तहरुले लापरवाही भएको भन्दै शुक्रबार दिनभरी अस्पतालमा आक्रोश पोखेका थिए । उनिहरुले अस्पतालको लापर्वाहीलाई नारावाजी गर्दै अस्पतालको केही संरचनामा तोडफोडसमेत गर्दा तनाव ग्रस्त सिर्जना भएका थिए ।

तोडफोड सँगै चिकित्सकसमेतलाई हातपात भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षाटोली अस्पतालभित्र र आसपासमा खटिएका थिए। आक्रोसित भिडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउदै प्रशासनले सुरक्षाकर्मी तैनाथ पारेको थिए ।

तेस्रो सन्तान जन्माउन भन्दै तीनदिनअघि अस्पताल भर्ना गरेको मृतकको श्रीमान् अर्जुन कार्कीले बताउनुभयो । गर्भवतीलाई सामान्यढङ्गले सुत्केरी गराउने भन्दै राखिएको थियो । तर, गएराती एक्कासी मृत्यु भएपछि अस्पतालप्रति आक्रोस पोखिएको थियो ।
पिडित पक्षले आमाको मृत्युले दुई छोरीको विचल्नी हुने भन्दै उनीहरुको भविष्यको ग्यारेण्टीको माग स्थानीय प्रशासनसंग गरेको छ । माग पुरा नभएसम्म शब जिम्मा नलिने र आन्दोलन जारी राख्ने जनाएका छन् । पिडित पक्षले मृतक गर्भवतीको शब प्रसुती गृहको शैयाबाट उठाएको छैन ।

घटनाप्रति अस्पताल प्रशासन गम्भिर भइ गर्भवतीको के कसरी मृत्य भयो भन्ने बारेमा छानविनमा रहेको अस्पताल मेडिकल सुपरिटेन्डेनट डा। मुेकश झाले बताउनुभयो । सामान्यरुपले सुत्केरी हुने नदेखिएपछि अप्रेशनको तयारी भइरहदा अचालक श्वास फेर्न गाह्रो भइ सेत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । पाठेघर फुटेर भित्रै रगत जमेर गर्भवतीको मृत्यु हुनसक्ने, बच्चा खेल्ने पानी लिग भएर रगत नलीमा बन्द भएमा पनि सुत्केरीको मृत्यु हुनसक्ने सम्भावना रहने उहाँले बताउनुभयो । अस्पताल प्रशासन र पिडित पक्षबीच आपसी वार्ताबाट समस्याको हल खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो ।