Wednesday, June 10News That Matters

गाँजासहित माझी पक्राउ

उदयपुर, फागुन १५ गते ।

उदयपुरको बेलकाबाट लागुऔषध गाँजासहिट श्याम माझी पक्राउ परेको हो । बेलका नगरपालिका–३ चिचिला टप्पुमा घरबाट बुधबार राती साँढे ११ बजे प्रहरीले २९ वर्षीय माझीलाई पक्राउ गरेको हो ।

गाँजा विक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले मझीको घरबाट दुई केजी गाँजा सहित पक्राउ गरेको ईप्रकाले जनाएको छ ।