Wednesday, May 20News That Matters

गाँजासहित १ जना पक्राउ

सुनसरी, माघ १७ गते । 

सुनसरीको बराहक्षेत्रबाट गाँजासहित एक जना पक्राउ परेको छ । बराहक्षेत्र नगरपालिका–१ निबासी २५ बर्षीय समिर राई पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले राईलाई चतराबाट डेढ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।