
कटारी/पुस १८ गते ।
उदयपुरको चुहाडबाट लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कटारी नगरपालिका ६ चुहाडबाट ३ किलो १ सय ग्राम गाँजा सहित पक्राउ गरेका हुन् ।
गाँजासहित स्थानीय ४१ वर्षीय गेहेन्द्र भन्ने गंगा राई र १८ वर्षिय दिपकुमार राई बिहिबार साँझ पक्राउ परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।
गाँजा विक्रि वितरण गर्ने गरेको भन्ने सुराकीको आधारमा उनीहरुलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई शुक्रबार म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
