Friday, July 3News That Matters

गाँजासहित ४ जना पक्राउ

पूर्णपुष्टि, भदौ ५

बेलकाबाट गाँजासहित चार जना पक्राउ परेका छन् । बेलका नगरपालिका–८ बाट लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा खटेका विशेष प्रहरी टोलीले स्थानीय ४९ वर्षीय भुपाल राईको घरबाट ७ केजी गाँजा र ३३ हजार पाँच सय नगद बरामद गरी स्थानीय २८ वर्षीय रोशन राई, ९ नम्बर वडाका २३ वर्षीय कृष्णबहादुर राई र १९ वर्षीय अशोक राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गाँजासहित नियन्त्रणमा लिएका चारै जनालाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।