
पूर्णपुष्टि, जेठ ५ ।
गाइघाट स्थित मदनभण्डारी आँखा अस्पतालकाे आइसाेलेशनमा बसेका एक काेराेना संक्रमितकाे आज वेलुका मृत्यु भएकाे छ । मृत्यु हुने त्रियुगा नगरपालिका ४ का स्थानीयबासी हुन् । मृतक ४६ वर्षिय पुरूष हुन् ।
दमकाे विरामी रहेका उनलाइ काेराेनाकाे लक्षण देखिए पछि गत ३ गते एन्टिजेन परिक्षण गरिदा काेराेना पाेजेटिभ देखाएकाे थियाे । ४ गतेदेखि आखा अस्पतालकाे आसुलेशनमा बसेका उनलाइ आज बेलुका स्वास्थ्यमा समस्या आइ मृत्यु भएकाे सुरक्षाा स्राेतले जनाएकाे छ ।
उनकाे आफन्तलै आजै राती त्रियुगामा दाहसंस्कार गरेकाे जनाइएकेा छ । यसअघि बेल्टारस्थित काेराेना अस्पतालमा १ जना र जिल्ला अस्पतालमा १ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे थियाे । तीनजना जिल्लाभित्रकै स्वास्थ्य संस्थामा मृत्यु हुने काेराेना संक्रमितहरू हुन् ।
त्यसैगरी त्रिनपा ३ का ४२ वर्षिय पुरूषकाे हेटाैंडामा मृत्यु भएकाे छ । गत ३ गते भरतपुर क्यान्सर अस्पतालमा परिक्षण गरिदा काेराेना पाेजेटिभ पुष्टि भएकाेमा आज मृत्यु भएकाे सुरक्षा स्राेतले जनाएकाे छ । उनकाे शब पनि आजै ल्याएर त्रियुगामा जलाइ दाहसंस्कार गरिएकाे बताइएकाे छ । हेटाैडामा उनी एक निर्माण कम्पनीमा काम गर्दथे ।
याे संगै जिल्लाका मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ । तीनजना जिल्लाभित्रकाे अस्पतालमा मृत्यु हुने छन् भने अन्य उपचारकाे क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएका हुन् ।
