
पूर्णपुष्टि,फागुन ११ । उदयपुरमा गत सोमबार काठमाडौंदेखि गाईघाट आउँने क्रममा लुटिएका पिडित परिवारले ३ लाख ५० हजार क्षतिपुर्ती पाएको छ । बिहिवार दुबै पक्षको छलफलबाट सहमति जुटाई क्षतिपुर्ती दिने सर्तमा गाडि र बसका कर्मचारीहरुलाई छाडिएको हो ।
गत सोमबार ८ गते काठमाडौंदेखि गाईघाट आउँदै गरेको अवस्थिमा बेहोस बनाई लुटपाटगरेको भन्दै पिडित परिवारले प्राईम डिलक्स बसका कर्मचारी विरुद्ध किटानी जाहेरी दिएका थिए । बसभित्र बेहोस् पारेर लुटिनुमा बसका कर्मचारी कै मुख्य जिम्मेवार रहेको भन्दै मंलवार प्रहरीमा जाहेरी दिएका थिए ।
