Sunday, April 19News That Matters

गाईघाट खानेपानी भवनको कम्जोर निर्माणबारे वडा अध्यक्ष कोईरालाले बोले

पूर्णपुष्टि, ८ फागुन ।
त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईरालाले साकेला टोलमा बन्दै गरेको गाईघाट खानेपानी योजना उपभोक्ता समितिको भवन निर्माणको कमजोरी बारे मुख खोलेको छ । केहि दिन अघि पूर्णपुष्टि खबरले लेखेको एक समचार पछि उनले आफ्नो धारणा राखेको हो । कोईरालाले भवन निर्माणमा लापर्वाही भएको जनाएको छ । यसरी लापर्वाही रुपमा निर्माण भएको भवन प्रति आफु र आफ्नो वडालाई कहि कतैबाट जानकारी नआएको उनले जनाए ।

कोईरालाले आफै भवन निर्माण क्षेत्रमा पुगेर भवनको अवलोकन गरी त्ससको निगरानीमा ध्यान दिईएको छ । उनले सम्बन्धित निकायहरुलाई समेत उक्त भवनबारे जानकारी गराएको र मापदण्ड अनुरुप भवन निर्माणमा सचते गाराउँदै ध्यानाकर्षण गराएको जनाए । कोईरालाले फेसबुक लाईभ मार्फत आफ्नो वडामा बन्दै गरेको भवनको कुनै पनि सहमति नलिएको र यदि नगरबाट सहमति लिएको भए वडामा नगरले किन जानकारी गराएन भनेर प्रश्न समेत गरेको छ । उनले समचार बाहिरिएपछि आफुहरु उक्त भवनको अनुगमनमा गएको र साँच्चिकै कंशल भवन निर्माण भैरहेको स्वीकार गरे । त्यो भवन बनाउनेहरुले आफ्नो मनखुसीले बनाएको र भवन कम्जोरी बन्नुमा वडा नं ११ को कुनै पनि संम्लग्नता नरहेको स्पष्टीकरण दिएका छन् ।