Tuesday, April 21News That Matters

गाईघाट बाट लागु औषाध सहित ३ पक्राउ

पूर्णपुष्टि, माघ २०

उदयपुरको गाईघाट बाट लागु औषाध ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. ११ टेम्पु चोक बस्ने १७ बर्षिय रविन राई, सोहि ठाँउ बस्ने २६ बर्षिय प्रभात राई र १९ बर्षिय सन्देश राउत रहेका छन् ।  प्रहरीले चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल र २ थान मोवाईल समेत बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिषेश टोलीले सोमबार बेलुका ५ः०० बजेको समयमा गाईघाटको टेम्पो चोकबाट पक्राउ गरेका थिए ।