Saturday, June 13News That Matters

गाईघाटको साकेला भव्य रुपमा सम्पन्न, फोटोफिचर सहित

पूर्णपुष्टि, जेष्ठ २८
गाईघाटको साकेला भव्य रुपमा समापन भएको छ । जेष्ठ २ गते बाट सुरु भएको साकेला आज ९सनिवार० सम्पन्न भएको हो । गाईघाट स्थित साकेला टोलको साकेला थानमा पुजाआजा तथा साकेला नाचेर यो बर्षको साकेला सम्पन्न गरिएको हो । साकेलामा हुईलुङ हान्ने, मछामा पुजा र थानमा पुजा पछि नाच गान गर्दै यो बर्षको साकेला गाईघाटमा सम्पन्न गरिने ११, १२ र १३ नं व डाका संयुक्त सचिव सर्वधन राईले जानकारी गराउनु भयो ।

त्रियुगा नगरपालिकाका बिभिन्न स्थानहरु बाट किराँती समुदायहरु साकेला नाचमा सहभागी भएका थिए ।सचिव राईले यो पल्ट साकेला प्रतियोगिता भने हुन नसेको जनाउनुभयो । हरेक बर्ष गिता स्मिृति साकेला रनिङ सिल्ड प्रतियोगिता हुँदै आएकोमा यो बर्ष भने बिबिध प्राविधिक कारण वस साकेला हुन नसकेको सचिव राईले जनाउनुभयो ।

कोरोनाले गर्दा करिब २ बर्ष लगतार रोकीएका साकेला यो बर्ष भने आन्तरिक रुपमै भएपनि मनाउने प्रयास गरेको राईको भनाई छ । यस पटक अन्य संरचनाहरुलाई व्यवस्थीत गर्नु पर्ने भएकाले पनि प्रतियोगिता हुुन नसकेको सचिव राईले बताउनुभयो । राईका अनुसार अर्को बर्ष देखी भने साकेला प्रतियोगिता फेरी निरन्तर गरिने जनाएको छ । आज त्रियुगा नगरपालिका लगायत अन्य नजिकका ठाउँहरु बाट साकेला नाच्न आउने जनाईएको छ । प्रतियोगितामा भने जिल्ला बाहिर सुनसरी, मोरङ, झापा, खोटाङ लगायतको स्थानहरु बाट समेत नाच्न आउने गरेको थियो ।

फोटोफिचर