Saturday, May 23News That Matters

गाईघाटको १ पाउरोटी उद्योग शिल

पूर्णपुष्टि, असोज १५ 

उदयपुरको गाईघाटमा संचालन भएको एक पाउरोटी उद्योग र कोक डिलर शिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटको संयुक्त अनुगमन टोलीले अवैध रुपमा संचालन गरेको गाईघाटको पिजि चोकमा संचालन गरेको रुक्सना पाउरोटी उद्योग र कोक डिलरलाई शिल गरेको हो ।

अनुगमनको क्रममा उद्योग र डिलरले अनुमति पत्र नलिएको, सरसफाई नगरिएको र लेबल पनि नलिएकाले तत्कालको लागी बन्द गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटका निमित्त प्रमुख रमेश दाहालले बताउनुभयो ।