
पूर्णपुष्टि,जेष्ठ २५ । पछिल्लो समय सहरी क्षेत्रहरुमा अत्याधिक गर्मी बढे संगै त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले निःशूल्क सर्वत पानी वितरण सुरु गरेको छ । उदयपुरको सदरमुकाम गाईघाट भएकै कारण विभिन्न ठाउँहरुबाट बजार आउँने सेवा ग्राही साथै स्थानीयहरुलाई संघले सर्वत पानिको सेवा उपलव्ध गराएको हो ।
त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा बिहिवार गाईघाटको विपि चौकउदयपुरको वाटो सडकमा हिडने यात्रु,वृद्ध,बालवालिका लगाएतलाई निःशुल्क रुपमा सर्बत पानी पिलाउने कार्यक्रम भैरहेको त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष नबिन बस्नेतले जानकारी दिए । उनका अनुसार करिव ५ हजार जनालाई सर्वत पानि खुवाउने लक्ष्य रहेको जनाउँदै आजै मात्र करिव ४ सय जनालाई सेवा दिई सकेको जनाएको छ ।

यस अभियानमा स्थानिय व्यवसायीहरुको सहयोग साथै नगर प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सञ्चालनमा रहेको जनाएको छ ।

