
पूर्णपुष्टि, ७ असार ।
गाईघाटमा आज र भोली भव्य साकेला हुने भएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगपालिका वडा नं ११, १२ र १३ ले शुक्रबार साकेला नाच गर्ने र शनिवार साकेला प्रतियोगिता गराउने भएको हो । १२, १३ र ११ का संयुक्त प्रारम्भी वडा कमिटीका अध्यक्ष सर्वधन राईका अनुसार किरातीहरुको महान पर्वलाई गाईघाटमा भव्य मनाउने चलन रहेको छ । जेष्ठ १० गतेदेखी सुरु भएको साकेला गाईघाटमा भने बृहत रुपमा मनाईन्छ । यस बर्ष साकेला प्रतियोेगिता पनि गराउने भएको छ । लामो समय पछि गिता स्मृति साकेला प्रतियोगिता हुन लागेको हो । राईका अनुसार साकेला थानमा निर्माण भएको पारुहाङ सुम्निमाको प्रतिमा पनि अनावरण गरिने छ । साकेला प्रतियोगिता सँगै यस बर्षको साकेला उभौलीको पनि समापन गरिने छ ।
