
पूर्णपुष्टि, चैत्र ११ । प्रदेश १ पून : नामाङकन संयुक्त संघर्ष समिति उदयपुरले गाईघाटमा एक घण्टा चक्काजामा गरेको छ । समितिले पहिचान विपरिद कोशी प्रदेश नामाकरण आन्दोलनको क्रममा प्रहरीको कुटपिट बाट मृत्यु भएको पदम लिम्वु (लाजेहाङ) लाई सरकारले सहिद घोषणा गर्नु पर्ने र कोशी प्रदेश हटाएर पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नु पर्ने माग सहित चक्काजाम गरेको हो ।
प्रदेश नामाकरणको आन्दोलनका क्रममा बिराटनगर स्थित चैत्र ५ गते प्रहरीको कुटाईबाट घाईते पदम लिम्वु (लाजेहाङ) को दुई दिन अघि मात्रै ज्यान गएका थिए । उनको धरान स्थित बिपि कोईराला मेमोरियल हस्पिटलमा ज्यान गएको छ । लाजेहाङलाई सहिद घोषणा र कोशी प्रदेश नामाकारण खारेजीको निरन्तर माग राख्दै गाईघाटमा १ घण्टा चक्काजाम गरिएको प्रदेश १ नामाकरण संयुक्त संघर्ष समिति उदयपुरले जनाएको छ । शनिवार बजारको मुख्य मेनचोकमा साढे १ बजेबाट साढे २ बजे सम्म चक्काजाम कार्यक्रम गरिएको समितिले जनाएको छ ।
प्रदेश १ पून : नामाङकन संयुक्त संघर्ष समिति लगायत त्यस माताहतमा रहेका अन्य संघ संस्थाहरुले पहिचान विपरिद नामाकरण कोशी प्रदेशको चर्को बिरोध गर्दै त्यसलाई तत्काल सच्याएर पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग राखेको छ । लाजेहाङ संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको सचिवालय सदस्य थिए । उनको मृत्यु पश्चात प्रदेश १ पून ः नामाङकन संयुक्त संघर्ष समितिले थप आन्दोलन चर्काउँदै आएको छ ।




