Tuesday, June 9News That Matters

गाईघाटमा तुलसी सहकारी र बचतकर्ताबिच लगतार छलफल, ठोस निर्णयका लागि अध्यक्षको पर्खाई

पूर्णपुष्टि, फागुन १ । गाईघाटमा आज पनि बचतकर्ता र सहकारी बिच तिव्र छलफल भएको छ । बचतकर्ताहरुले आफ्नो लगानी फिर्ताको माग गरिरहेको छ । यता संञ्चालक समितिले पनि उनिहरुको पैसा प्रक्रियागत हिसावले फिर्ता गर्ने आश्वासन दिईरहेको छ । गाईघाट शाखाको कार्यालयमा आईतबार भएको छलफलमा बचतकर्ताको समस्या बारे संञ्चालक समितिका अध्यक्षले प्रष्ट बनाउने जनाएको छ । संञ्चालक समितिका सदस्य र गाईघाट शाखा प्रमुख बिच आज लगानीकर्ताहरुले छलफल चलाएको हो । समितिको तर्फबाट पैसा फिर्ता हुने जनाईएको छ । गाईघाटमा जम्मा गरिएको रकम बिराटनगरमा पठाईएपछि पिर्तामा समस्या आएको बुझिएको छ । छलफलमा सहकारीले अध्यक्ष भोली गाईघाट आउने बताएको छ । अध्यक्ष आए पश्चात यसबारे बृहत छलफल हुने जनाईएको छ ।