काेपिला पुलामी मगर
पूर्णपुष्टि, पुष २९ । त्रियुगा नगरपालिका कृषि शाखाको आयोजना अन्तरगत कृषि सम्बन्धी दुई दिने स्थलगत घुम्ती तालिम सम्मन्न भएको छ । तालिममा त्रियुगा नगरपालिका ९ का महिला १६ पुरुष १९ गरी ३५ जना कृषकहरुले प्रत्यक्ष सहभागिता जनाएको छ ।
उदयपुर जिल्लामा उच्च मूल्य बाली तरकारी, फलपुल, धान, लगायतका बालीको बारेमा सम्बन्धित किसानहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिरहेको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माघव राउतले बताए । उनका अनुसार उच्च मूल्य बाली सम्बन्धी काउली, गोलभेडा लगायतको बारेमा तालिम दिएको थियो ।
कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत उप–प्रमुख महेश्वरी राई, वडा नं। १० वडाध्यक्ष सुमन्त कोइराला, उद्धव थापा, वडा नं। ९ वडाध्यक्ष राजकुमार दनुवार लगायतको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षक तथा सहजकर्ता कृषि ज्ञान केन्द्र उदयपुरका कृषि अधिकृत अनु विसी, त्रियुगा नगर अधिकृत माधव राउत र सहायक सहजकर्ता प्रमिला दनुवारले गरेका थिए ।
