Friday, May 1News That Matters

गाईघाटमा दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र

पूर्णपुष्टि, २३ माघ ।
गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा यहि फागुन १ देखी हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार हाल निर्माण तयारी सँगै प्रचार प्रसारको काम भैरहेको छ । महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी बढाईएको छ । महोत्सवलाई त्रियुगा नगरपालिकाले समन्वय गरेको छ भने नेपाल उद्योग माहासंघले काठमाण्डौँले प्रवद्र्धक गरेको छ ।