
पूर्णपुष्टि, चैत्र १३ । गाईघाटमा गाईघाटमा यो बर्ष चैत्रे छैठ धुमधामका साथ मनाईएको छ । पछिल्लो समय चैत्र छैठहरु पनि भव्य हुन थालेको जनाईएको छ । बिषेशगरी मधेशी समुदायहरुमा प्रचलित छैठ अहिले सबै जातजातिहरुले पुजाआजाका साथ मनाउने चलन बनेको छ । बर्षमा दुईपटक मनाईने छैठ चैत्रमा भने कार्तिकको जस्तो भव्य रुमा मान्ने गरेको पाईन्न् । तर पछिल्लो समय चैत्र महिनामा पनि यो पर्व मनाउनेको संख्या बढेको छैठ पुजा समिति गाईघाटका अध्यक्ष चन्दन गुप्ताले जनाए ।
गुप्ताका अनुसार असोज कार्तिको दशैँ तिहार भने जस्तै चैत्र महिनामा पनि चैत्र छैठ मनाउने गरेको जनाए । पहिलेको बर्षहरुमा सिमित संख्यामा मात्रै यो पर्व मनाएको भएपनि यस पटक गाईघाटमा चैत्रे छैठ मनाउनेको संख्या ह्वात्तै बढेको गुप्ताले जनाए । यो संख्याहरु अब बर्षेनी बढ्ने सम्भावना रहेको समितिका सल्लाहकार संयोजक राजकुमार शर्माले जनाए । बर्षमा दुई पटक पुजा गर्ने गाह्रो हुने भएकाले यो चैत्र महिनामा भने मान्छेहरुले वास्ता नगर्ने पाईएको शर्माको भनाई छ । तर पछिल्लो समय भने चैत्रमा पनि छैठ पर्व मनाउने भन्दै भक्तजनहरु लागि परेको शर्माको जनाए । उनले छैठलाई सामान्य तयारीका साथी नदी सरसफाई, नदीमा पानी कटान, साउण्ड सिस्टम पुजारी व्यवस्थापन लगायतका कामहरु समेत गरिएको जनाए । सोमवार गाईघाट स्थित त्रियुगा नदीमा बेलुकाका अस्ताउँदो सुर्यलाई पुजा गरी बिहान उदाउँदो सुर्यलाई गर्घ दिँदै छैठ मनाएका थिए ।



