
पूर्णपुष्टि÷गाईघाट, असोज ३ । उदयपुरमा नेकपा माओवादी केन्द्रले दिप प्रज्वलन गर्दै ११ औं संविधान दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीले त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा दिप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो ।
जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीले ध्वस्त भएको पार्टी कार्यालय बाहिर दिप प्रज्वलन गरी संविधान दिवस मनाएको हो । दिप प्रज्वलनमा कोशी प्रदेश सदस्य, जिल्ला इन्चार्ज, त्रियुगा नगर कमिटिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
