
गाईघाट/माघ, ३
गाईघाटमा पहिलो पटक सर्जिकल सेवा सुरु भएको छ । गाईघाट स्थित संगमटोलमा पाथीभारा सर्जिकल टेड्रर्सले शुक्रबार आफ्नो सेवाको उद्घाटन गर्दै यो सेवा सुरु गरेको हो । यो सेवा उदयपुर जिल्लाकै पनि पहिलो सेवा हो । उदयपुरको अन्य ठाउँ बेल्टार र कटारीमा पनि यो सेवा सुरु भएको छैन ।
मेडिकल तथा हस्पिटलमा पाउने खाने र लाउने औषधी बाहेक सबै सामानहरु यस सर्जिकल सेवाले प्रदान गर्ने संञ्चालक सरोज पौडेलले बताउनु भयो ।
सर्जिकल सँगै कन्ज्युमर सेवाको पनि व्यवस्था रहेको छ । बच्चाहरुका लागि आवश्यक डाइफर्ड देखी सम्पूर्ण सामानहरु सँगै कन्जयुमर सेवाको पनि व्यवस्था गरिएको संञ्चालक पौडेलले बताउनु भयो ।
सर्जिकल सेवामा हस्पिटलमा पाउने हरेक सामानहरु पाउने भएपनि यसमा औषधीहरु भने पाइन्न बाँकी सबै हस्पीटलले उपलब्ध गराउने सर्जिकल सामानहरु भने सबै पाउने संञ्चालीका एनम सुमित्रा आचार्यले (पौडेल) बताउनु भयो ।

उहाँले पाथीभारा सर्जिकल टेड्रर्सले अहिले तत्काल सिरिन्ज, बिपि सेट, बैसाकी नेबुलाईजर ह्विलचियर लगाएत मेडिकल कलेज तथा विद्यार्थीहरु र हस्पिटल तथा नागरिकहरुले प्रयोग गर्ने सर्जिकल सहित कन्ज्युमर सामानहरुको व्यवस्था रहेको बताउनुभयो । हस्पिटल, मेडिकलका विद्यार्थीहरु र नागरिकहरुलाई आबश्यकता अनुरुप सम्पूर्ण अन्य सामानहरु उपलब्ध गराउन सकिने पनि आचार्यले बताउनु भयो ।
