
पूर्णपुष्टि, १२ बैशाख ।
गाईघाटमा आजबाट प्रदेश स्तरीय तेस्रो बृहत औद्योगित महोत्सव तथा रैथाने खाना प्रदर्शनी सुरु भएको छ । १२ गतेदेखी १८ गते सम्म हुने उक्त महोत्सव गाईघाट स्थित हिरा टेन्ड हाउसमा सुरु भएको हो । महोत्सव तथा रैथाने खानाको उद्घाटन उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले गरेको छ ।
उद्योगी, उद्यमी, व्यवसायीहरुको उपस्थितिमा महोत्सव उद्घाटन सुरु भएको हो । मन्त्री खत्री सहित उद्घाटनमा प्रदेश उपसभामुख सिर्जना दनुवार, पूर्व सांसद अम्विका थापा, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई लगायत उद्योग सँग सम्बन्धित बिभिन्न व्यक्तिहरुको उपस्थित रहेको छ ।

महोत्सवमा बिषेशगरी १४ ओटा जिल्लामा उत्पादन भएको उद्योगी, शैक्षिक, बन, कृषि, पर्यटन लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ भने पुरानो स्थानीय स्तर तथा जातजातिका बिभिन्न रैथाने परिकारहरु राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, जिल्ला महिला उद्यमी संघ उदयपुर र सह आयोजक उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा नेपाल पर्यटन बोर्ड काठमाडौ, त्रियुगा नगरपालिका गाइघाट उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, कृषि ज्ञान केन्द्र उदयपुर, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र उदयपुरले सहकार्यमा महोत्सव सुरु भएको हो ।

