Sunday, June 28News That Matters

गाईघाटमा बिजुलीको विल तिर्न हप्ताको ३ दिन

पूणर्पुष्टि, जेष्ठ, २७

गाईघाट/लकडाउनका कारण बत्तिको विल तिर्न समस्या परेको अवस्थामा हप्ताको ३ दिन बत्तिको पैसा तिर्न सकिने बिजुली अफिस गाईघाटले जनाएको छ ।

हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रबार बत्तिको पैसा तिर्न सकिने विधुत प्राधिकरण गाईगाटले जनाएको हो । बत्तिको पैसा तिर्न पुरानोे बिल सहित आउनु पर्ने छ । अझै सहजको लागि युनिट अंक समेत लिएर आउँदा सजिलो हुने बताएको छ ।

बुधबार र सोमवार १० बजे देखि १ बजे सम्म र शुक्रबार भने १२ बजे सम्म मात्र पैसा तिर्ने समय तोकिएको छ ।