Wednesday, May 27News That Matters

गाईघाटमा मोटरसाईकल दुर्घटना हुँदा ल्याव असिस्टेन्ट चौधरी गम्भीर

पूर्णपुष्टि, १३ फागुन ।
गाईघाटमा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जना गम्भीर घाईते भएको छ । घाईते हुनेमा त्रियुगा नगरपालिका १३ का २६ बर्षिय अजय चौधरी रहेको छ । शनिवार त्रियुगा नगरपालिका १३ असारी रोड स्थित प्र १–०५–००१ प ९७६१ न.को मोटरसाईकल गाईघाटबाट बहेडुवा तर्फ गैरहेको अवस्थामा आफै अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । चौधरी जिल्ला अस्पताल उदयपुरमा कार्यरत ल्याव असिस्टेन्ट समेत हुन् । चौधरीको छाती र दाहिने कन्चटमा चोट लागि गम्भीर घाईते भएको छ । चौधरीलाई जिल्ला हस्पिटलबाट सामान्य उपचार गरी बिराटनगर रेफर गरिएको छ ।