Tuesday, April 21News That Matters

गाईघाटमा साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालक नियन्त्रणमा

पूर्णपुष्टि, पष २४ । उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार साँझ साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–११ पिजि चोकमा साझँ ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०५८५ नम्बरको मालबाहक ट्रकले साईकल यात्री स्थानिय ५६ वर्षीय हर्कबहादुर विकलाई ठक्कर दिएर भागेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार घटनाको प्रत्यक्षदर्शी पिजी चोकमा ड्युटीमा रहेकी महिला प्रहरी हवल्दारले ठक्कर दिएर भागेको ट्रकलाई मेनचोकसम्म पछ्याएकी थिईन् । उनले एक अपरिचित यात्रीको मोटरसाइकल प्रयोग गरेर ट्रकलाई पछ्याएर नियन्त्रणमा लिएको डिएसपी चापागाईले जनाए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकलाई प्राथमिक उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएको र थप उपचारको लागी विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।