
पूर्णपुष्टि, जेष्ठ २
गाईघाटमा उभौली पर्व सूरु भएको छ । जेष्ठ २ गते गाईघाट स्थित साकेला टोलको साकेला थानमा सिकारी पुजा आजा र साकेला नाचेर उभौली मनाउन सुरु गरिएको हो । उभौली पर्वको रुपमा निकै दिन मनाईन्छ । वर्षमा २ पटक मनाईने योँ चाँड मंसिरे पूर्णेमा भने उद्यौलीको रुपमा मनाईने गरिन्छ । उद्योँली सामान्य रुपमा पुजाआजा गरी साकेला नाचेर मनाईन्छ भने उभौली भने पर्वको रुपमा निकै दिन भव्यताका साथ मनाईन्छ ।
बैशाख पूर्णमा अर्थाथ जेष्ठ देखी मनाईने उभौली करिब १ महिना सम्मै मनाईने चलन छ । आफ्नो पितृको पुजा अर्थात मछाकुमा गर्ने साकेला नाच्ने र अन्नको सह बढाउन खेतवारीमा लगाईएको बोटविरुवाको पुजा गर्ने जस्ता कार्य उभौलीमा हुन्छ । बिषेश गरी तराईमा हुने कराङकुरुङ चराहरु गर्मिका कारण चिसो खान हिमाल तर्फ लाग्ने भएकाले यस समयलाई किराँती संस्कारमा उभौली भन्ने गरिएको पुर्खाहरुको भनाई छ ।
बैशाख जेष्ठको गर्मि छल्न चराहरु हिमाली तथा पहाडी भेगमा गएर सरन लिने भएकाले यस बेलालाई भने उभौलीको संज्ञा दिने किराँती संस्कार रहेको पुर्खाहरुको कुरा छ । यसैगरी मंसिरे पूर्णिमामा भने चराहरु फेरी जाडो छल्न तराईतिर फर्किने हुँदा त्यस समयलाई उद्यौली भन्ने गरिएको हो । यो चाँड बिषेशगरी नेपालको किराँती क्षेत्र पूर्वमा अत्यादिक मनाईने गरिन्छ भने, नेपालभरीकै किराँतीहरुले पर्वको रुपमा मनाउने गर्छ । उभौलीमा प्रमुख संस्कृतिको रुपमा रहेको साकेला सँगै किराँती संस्कार र पोषाकहरु लगाएर आफ्नो पहिचान झल्काउने गरिन्छ ।
