Friday, May 1News That Matters

गाईघाटमा होन्डाको नयाँ मोडल एन एक्स टु हन्ड्रेड लन्च

पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटमा होन्डा कम्पनीको नयाँ मोडलको मोटरसाइकल एन एक्स टु हन्ड्रेड लन्च भएको छ। आइतबार गाईघाटस्थित सगरमाथा डिपार्टमेन्टको अगाडि रा.सी. अटो मोबाइल्स कम्पनीले नयाँ मोडलमा दुईवटा एन एक्स टु हन्ड्रेड सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको मोडलमा एउटा सिम्पल र अर्को मोडिफाई गरिएको छ । यस मोटरसाइकलमा डबल च्यानल एबीएस, बीएस ६ एफआई सिस्टम र साइड स्ट्यान्ड इन्जिन कटर जस्ता विशेषताहरू रहेका छन्। कम्पनीका प्रोपाइटर रितेश गुप्ताका अनुसार यो मोडल विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको हो।

एन एक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ। ग्राहकहरूका लागि विशेष एक्सचेन्ज अफर पनि उपलब्ध छ, जसमा एक्सचेन्ज गर्दा ग्राहकले ५ हजार रुपैयाँ थप गर्नुपर्नेछ। यसका साथै, नगद खरिदमा ४ हजार रुपैयाँको विशेष छुट दिइने व्यवस्था गरिएको छ। यो विशेष अफर भदौ २ देखि ७ गतेसम्म संचालन गर्ने जनाएको छ।