Thursday, May 21News That Matters

गाईघाटमा ३ दिने साकेला सिली प्रशिक्षण सम्पन्न

पूर्णपुष्टि, १६ पुष ।
गाईघाटमा संञ्चालन गरिएको ३ दिने साकेला सिली प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को आयोजनामा सञ्चालन गरिएको साकेला सिली प्रशिक्षण सफल रुपमा सम्पन्न भएको हो । किरात समुदाहरुले नाच्ने साकेला सिलीको महत्वलाई जिवित राख्न र पछिल्लो पुस्ताहरुलाई यसको बारेमा जानकारी दिन पनि साकेला सिली प्रशिक्षणको कार्यक्रम राखिएको कमिटिका अध्यक्ष सर्वधन राईले बताउनुभयो ।राईका अनुसार प्रशिक्षणमा करिब ३६ ओटा सिलीहरु सिकाईएको छ । तिनै वडाका किराती समुदायहरुलाई सिलीमा सहभागी गराईएको थियो । कार्यक्रमलाई त्रियुगा नगरपालिकाले जनता सँग मेयर कार्यक्रम अन्तर्गत सहयोग गरेका थिए । प्रशिक्षणमा ३ सय बढीले सिली सिक्ने अवसर पाएको छ ।सिली प्रशिक्षक चौदण्डीगढी ३ बसाहाका मन प्रसाद राई र बैन बहादुर राईली सिली सिकाएको हो । सिली प्रशिक्षणले किरात सभ्यता र साकेलाको बारे थप स्पष्ट पारेको प्रशिक्षार्थीहरुले जनाएको छ । पहिले चै रमाईलोको राईहरुको नाच भनेर मात्रै थाहापाएको भएपनि सिली प्रशिक्षणमा सहभागी पश्चात यसको महत्व र सिलीको नाम प्रकारहरु समेत थाहा भएको जनाए ।