
गाईघाट÷पूर्णपुष्टि, मंसिर २० । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोल स्थितमा ४ किरात राई साकेला सिली प्रशिक्षण सुरु भएको छ । किरात राई यायोक्खा वडा कार्य समिती त्रियुगा नगरपालिका ११, १२ र १३ गाईघाटको आयोजनामा आजदेखी ४ दिने साकेला सिलि प्रशिक्षण सुरु भएको हो ।
त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट आएका प्रशिक्षार्थीहरुलाई ३६ वटा साकेला सिलीहरु सिकाईने वडा कार्य समिती त्रियुगा न.पा. ११, १२ र १३ का अक्ष्यक्ष सर्वधन राईले जानकारी दिए । लोप हुँदै गईरहेको सिलीहरु जगेर्ना गर्ने उदेश्यका साथ साकेला सिली प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
मानव जिवन चक्र सँग सम्बन्धित सिली, कुषी तथा अन्न बाली सँग सम्बन्धित सिली, पशुपँछीसँग सम्बन्धित सिली, युद्ध कला र सिकार खेल्ने कला सँग सम्बन्धित सिली, मुन्दमी धामी, साकेला पुजा र कुल पितृ पुजा सम्बन्धि सिलीहरु सिकाईने उहाँले बताउनुभयो ।
बैन बहादुर राई र मन कुमार राई प्रशिक्षकद्धारा साकेला सिली सिकाईएको थियो भने किरात राई सस्कृती विज्ञ तथा साकेला सिली विषयमा विधावारिधि तहको सोधार्थी शालिक शतासक राईले मुन्दुम र साकेला सिलीको बारेमा प्रवचन दिनुभएको थियो ।


