Wednesday, April 29News That Matters

गाईघाटमा ४५ दिने गार्मेन्ट तालिम समापन

पूर्णपुष्टि, जेष्ठ २८ ।
उदयपुरमा संञ्चालन भैरहेको ४५ दिने गार्मेन्ट तालिमको बुधबार समापन भएको छ । गाईघाट स्थित ४५ दिने गार्मेन्टमा आधारित सिलाई कटाई तालिम सम्पन्न भएको हो । घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशको आयोजना, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वयमा बैशाख १५ गतेबाट संचालित गार्मेन्टामा आधारित सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको हो ।

उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने मुल नाराका साथ संचालित ४५ दिने तालिममा सहभागी १० महिलाहरुलाई प्रशिक्षक शेर बहादुर शिवाकोटीले गार्मेन्टमा आधारित सिलाई कटाई सम्बन्धि तालिम प्रशिक्षण दिएका थिए । बुधबार सम्पन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गिता देवी रेग्मीले प्रमाण पत्र हस्ताण्तरण गरेका हुन् ।

समापन समारोहमा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका कार्यालय प्रमुख अर्जुन घिमिरे, वरिष्ठ उपाध्यक्ष मधुकर थापा, वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधान लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।