
बुद्धि चामलिङ राई
असार २०
पछिल्लो दुई बर्षमा उदयपुरको गाउँ–गाउँबाट पत्रिका प्रकाशन गर्ने लहर बढेको छ । २०७६ चैत ११ गते मङ्गलबार देखि लकडाउन सुरु भए यता जिल्लाका सबै पत्रिकाको प्रकाशन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरमा २०४९ सालदेखि २०७६ साउन अन्तिमसम्म दर्ता भएका ६९ पत्रिकाहरुमा ४५ साप्ताहिक, ४५ मासिकमा ‘द न्युज पार्क साप्ताहिक’ अङ्ग्रेजी पत्रिका हो । जिल्लामा १२ वटा दैनिक, ६ वटा साहित्यिक, ४ वटा मासिक र २ वटा पाछिक पत्रिका रहेका छन ।
६ वटा साहित्यक पत्रिकाहरुमा ४ वटा त्रैमासिक, १ वटा मासिक र १ वटा दैमासिक हो । जिल्लाका १२ वटा दैनिक पत्रिकाहरुमा २०५९ साल भदौ १० गते पेशल आचार्य प्रकाशक र कौशल चेम्जोङ्ग सम्पादक रहेको ‘हाम्रो राष्ट्रिय दैनिक’ पत्रिका जिल्लाको पहिलो दैनिक पत्रिका हो ।
दर्ता नम्बर ११ रहेको स्वर्गीय कमल कार्की प्रकाशक र केदारकुमार थापा सम्पादक रहेको ‘उदयपुर दैनिक’, २०६३ बैशाख ६ गते दर्ता भएको दर्ता नम्बर १५ रहेको महेश्वर चामलिङ प्रकाशक र पुष्पकुमार राई सम्पादक रहेको ‘मुलुकी दैनिक’, २०६५ असार १ गते दर्ता भइ दर्ता नम्बर २५ रहेको प्रकाशक सुबासचन्द्र राई र सम्पादक हरिकुमार राई सम्पादक रहेको ‘किरात टाइम्स दैनिक’, बलदेब चौधरी प्रकाशक र प्रदिपकुमार चौधरी सम्पादक रहेको दर्ता नम्बर ३३ को ‘बरुवा टाइम्स दैनिक’, २०६७ साल मङसिर ९ गते ३५ नम्बरमा दर्ता भएको सुनिल साह प्रकाशक र अजय साह सम्पादक रहेको ‘गाइघाट टुडे दैनिक’, २०६८ साल जेठ २३ गते दर्ता भएको दर्ता नम्बर ३६ रहेको प्रकाशक बुद्धि चामलिङ राई र उदय राई सम्पादक रहेको ‘हिमपात सन्देश दैनिक’ हो । अन्य ५ वटा दैनिक पत्रिकाहरुमा २०६९ साल चैत १९ गते दर्ता भएको दर्ता नम्बर ४५ रहेको बिश्वराज तामाङ प्रकाशक र किरण ढुङ्गाना सम्पादक रहेको ‘ त्रियुगा एक्सप्रेस दैनिक’, अमर मिडिया प्रालिले २०७३ असोज १४ गते दर्ता गरि दर्ता नम्बर ५४ रहेको सम्पादक राधारमण खतिवडाको ‘जनभाब दैनिक’, गजेन्द्र भगत प्रकाशक र जगत प्रसाद बन्जारा सम्पादक रहेको दर्ता नम्बर ६५ रहेको ‘उदयपुर सिमृक दैनिक’, यी ९ वटा दैनिक पत्रिका सबै उदयपुर जिल्ला सदरमुकाम गाइघाट प्रकाशन हुने दैनिक पत्रिका हुन ।
सदरमुकाम बाहिरबाट प्रकाशन हुने दुई पत्रिकाहरुमा चौदण्डिगढी मिडिया ग्रूपले चौदण्डिगढी नगरपालिका बेल्टारबाट प्रकाशन गर्ने भोटराज राई सम्पादक रहेको ‘गढी खबर दैनिक’ २०७५ चैत २६ गते ६६ नम्बरमा दर्ता भएको छ । त्यस्तै बेलका नगरपालिका रामपुरबाट भरत घिमिरे प्रकाशक र बिजय कुमार राउत सम्पादक रहेको दर्ता नम्बर ६८ रहेको ‘एकता खबर दैनिक’ हो ।
६ वटा साहित्यक पत्रिकाहरुमा २०६६ असार २९ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको ३१ दर्ता नम्बर रहेको ‘जङ्गघार दैमासिक’, दर्ता नम्बर ४७ रहेको ‘उज्यालो साहित्य मासिक’ , दर्ता नम्बर ५९ रहेको ‘गाउँले साहित्य फुलबारी’, दर्ता नम्बर ६० रहेको ‘जन सायरा’, दर्ता नम्बर ६५ रहेको ‘लोक मन्जरी’ र दर्ता नम्बर ६७ रहेको ‘बेलका बाल बगैचा त्रैमासिक’ हुन ।
समाचारमुलक दुई वटा पाछिक पत्रिकाहरुमा ‘उदयपुर दर्पण पाछिक’ र ‘पाछिक त्रियुगा पत्रिका पाछिक’ हो । । ४ वटा मासिक पत्रिकाहरुमा ‘मलाकी मासिक’, ‘कृषि आवाज मासिक’, ‘स्विकार पोष्ट’, ‘रातो सुखानी पत्रिका’ मासिक हुन ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको जम्मा ६९ पत्रिकाहरुमा ४५ साप्ताहिक पत्रिकाहरु समाचारमुलक साप्ताहिक पत्रिका हुन । जिल्लाको सबै भन्दा पुरानो साप्ताहिक पत्रिका २०४९ साल भदौ १९ गते बद्री प्रसाद काफ्ले प्रकाशक र रितुबर्ण पराजुली सम्पादक रहेर २०४९ साल भदौ ३१ गते जिल्लामा नै पहिलो ‘त्रियुगा अर्ध साप्ताहिक’ पत्रिका प्रकाशन गरेका थिए । जिल्ला सदरमुकाम गाइघाट बाहिर जिल्लाको पुर्बी बजार बेल्टारबाट २०६२ साल पुस २१ गते मुगासेर राईले ‘दुरदर्शी साप्ताहिक’ पत्रिका प्रकाशन गर्न सुरु गरे । त्यस पछि यो क्रम जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पश्चिमी मुख्य बजार कटारीबाट २०६४ मङ्सिर ८ गते कुमारसिंह राईले ‘त्रिबेणि सुशेली साप्ताहिक’ पत्रिका प्रकाशन सुरु गरे । २०६५ साउन १४ गते देखि हेमन्तबहादुर थापा प्रकाशक र सागर थापा सम्पादक रहेर ‘बेग साप्ताहिक’ प्रकाशन गरे । २०६८ साल भदौ ६ गतेदेखि केदार कोइरालाले ‘त्रिबेणि पोष्ट साप्ताहिक’ प्रकाशन सुरु गरे । जिल्लाकै ताप्ली गाउपालिकाबाट भिम बिकले ‘ताप्ली पोखरी साप्ताहिक’ २०६९ जेठ २९ गते पत्रिका दर्ता गराए । २०६९ साल असार २६ देखि हिरालाल अधिकारी प्रकाशक र रामशेर राई सम्पादक रहेको ‘कटारी साप्ताहिक’ प्रकाशन सुरु भयो । पश्चिमि बजारमा निक्कै पत्रिका प्रकाशन भएपछि यो क्रम पुन जिल्लाको सदरमुकाम गाईघाट देखि पुर्बी नगर बेल्टार तिर लाग्यो । २०७२ साल फागुन २६ गते जीवन राई प्रकाशक र भैरब श्रेष्ठ सम्पादक रहेर ‘चौदण्डि साप्ताहिक’ सुरु गरे । २०७३ साल असोज २५ गते जिबनाथ दाहाल प्रकाशक भएर कटारीबाट ‘उदय श्री साप्ताहिक’ सुरु गरे । २०७४ असार २० गते देखि जिल्लाको पुर्वी भेग बसाहाबाट सबिता राई प्रकाशक र महेन्द्रबहादुर राई सम्पादक रहेर ‘दुर्गम एक्सप्रेस साप्ताहिक’ पत्रिका प्रकाशन सुरु गरे । हाल यो ‘दुर्गम एक्सप्रेस साप्ताहिक’ प्रेस काउन्सिल नेपालबाट (ग) बर्ग मा बर्गिकृत गरेको छ । २०७४ माघ ८ गते कटारीबाट दुखी पासवान प्रकाशक र बलराम घिमिरे सम्पादक रहेर ‘समाबेसी साप्ताहिक’ दर्ता गरे । २०७५ जेठ २६ गतेबाट जिल्लाको पुर्बी नगरी बेलका नगरपालिका रामपुरबाट भरत घिमिरे प्रकाशक र सुमन कटुवाल सम्पादक रहेर ‘समृद्ध बेलका साप्ताहिक’ प्रकाशन सुरु गरे । बेलका नगरपालिका रामपुरदेखि नै जयराम पुर्बछाने मगर प्रकाशक र अम्बिका निरौला सम्पादक रहेर ‘बेलका खबर साप्ताहिक’ पत्रिका प्रकाशन सुरु गरे ।
उदयपुर जिल्लामा ४ नगरपालिका र ४ गाउपालिका गरि ८ स्थानिय तह रहेकोमा २०७५ असोज १८ गते देखि होमबहादुर बस्नेत प्रकाशक र जगमाया खत्री सम्पादक रहेर जिल्लाको पश्चिम–दक्षिण गाउँपालिका उदयपुरगढी गाउँपालिकाबाट धुमधामको साथ ‘उदयपुरगढी साप्ताहिक’ प्रकाशन सुरु गरे । सदरमुकाम गाइँघाटबाट मात्र प्रकाशन हुँदै आएको १० दैनिक पत्रिकाहरुमा थपिने पहिलो पटक जिल्ला सदरमुका गाईघाट बाहिर पुर्बी नगर चौदण्डिगढी नगरपालिका बेल्टारबाट २०७५ चैत २६ गतेबाट दर्ता भइ चौदण्डिगढी मिडिया ग्रूपको प्रकाशनमा भोटराज सम्पादक रहेर ‘गढी खबर दैनिक’ पत्रिका प्रकाशन सुरु भइ जिल्लामा ११ औँ दैनिक पत्रिका बन्न पुगे ।
सदरमुकाम गाईघाट बाहिरबाट निस्कने दैनिक पत्रिका यतिकैमा रोकिएन २०७६ देखि बेलका नगरपालिका रामपुरबाट भरत घिमिरे प्रकाशक र बिजय कुमार राउत सम्पादक रहेर सदरमुकाम गाइघाट बाहिरबाट प्रकाशन हुने दोस्रो र जिल्लाको १२ औँ दैनिक पत्रिका भएर ‘एकता खबर दैनिक’ प्रकाशन सुरु भएको छ । पछिल्लो समय चुपचाप रहेको जिल्लाको पश्चिमी नगर कटारी र पश्चिम–उत्तरी गाउँपालिका ताप्लीबाट कुनै पत्रिका प्रकाशन नभएपनि जिल्लाको उत्तरी गाउँपालिका लिम्चुङबुङ गाउँपालिकाबाट २०७५ असार ५ गते दर्ता भएको लिमचुङ मिडिया ग्रूपको प्रकाशन र अरुण कुमार राई सम्पादक रहेको ‘लिम्चुङबुङ साप्ताहिक’ पत्रिका २०८६ असार ८ गतेदेखि प्रकाशन सुरु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाबाट अहिलेसम्म कुनै पत्रिका प्रकाशन हुन सकेको छैन भने कटारी नगरपालिकाबाट पनि पछिल्लो समय कुनै पत्रिका प्रकाशन भएको छैन ।
जिल्लाको सबै भन्दा पुरानो निरन्तर प्रकाशन हुने साप्ताहिक पत्रिका महेश्वर चामलिङ राईको ‘माझखर्क साप्ताहिक’ २०६१ साल जेठ १३ गते देखि निरन्तर प्रकाशन हुँदै आएको छ । जिल्लाबाट प्रकाशन हुने पत्रिकाहरुमा प्रेस काउन्सिल नेपाल बाट (क) बर्ग मा बर्गिकरण हुने पहिलो साप्ताहिक पनि माझखर्क साप्ताहिक नै हो । माझखर्क बाहेक पुर्ब छितिज साप्ताहिक, त्रियुगा टाइम्स साप्ताहिक, पुर्ब नेपाल साप्ताहिक र नागरिक आबहान साप्ताहिक हो । जिल्लाको निरन्तर प्रकाशन हुने दैनिक पनि मुलुकी दैनिक हो । २०६३ साल बैशाख ६ गते देखि निरन्तर प्रकाशन हुँदै आएको मुलुकी दैनिक (ख) बर्ग मा प्रकाशन बर्गिकृत हुँदै आएको थियो ।
पत्रिकाको नाम – प्रकाशक / सम्पादक
(१) त्रियुगा अर्धसाप्ताहिक – बद्रीप्रसाद काफ्ले/रितुबर्ण पराजुली २०४९/५/१९, (२) उदयपुर आवाज साप्ताहिक – हिमाल कार्की / हिमाल कार्की २०५०/२/११, (३)उदय साप्ताहिक– पुन्य कार्की/पुन्य कार्की २०५१/११/८, (४) नब उदय साप्ताहिक–मोहन कार्की/केदार थापा, (५)ऐजेरु साप्ताहिक–बद्री काफ्ले/कौशल चेम्जोङ २०५४/११/२६, (६) रोउता टाइम्स साप्ताहिक–पेशल आचार्य/महाप्रसाद खतिवडा, (७) टङ्केला साप्ताहिक-कौशल चेम्जोङ/कौशल चेम्जोङ, (८) पुर्णपुष्टि साप्ताहिक-शान्ता राई/शान्ता राई २०६२/६/२०, (९) पुष्टि साप्ताहिक-लिलाप्रसाद निरौला/लिलाप्रसाद निरौला, (१०) हाम्रो राष्ट्रिय दैनिक–पेशल आचार्य/कौशल चेम्जोङ २०५९/५/१०, (११) उदयपुर दर्पण दैनिक–स्वर्गीय कमल कार्की/केदारकुमार थापा, (१२) माझखर्क साप्ताहिक-महेश्वर चामलिङ/पुष्पकुमार राई २०६१/२ /५, (१३) दुरदर्शी साप्ताहिक–मुगाशेर राई/मुगाशेर राई २०६२/९/२१, (१४) उदयपुर दर्शन साप्ताहिक-गोपाल पोखरेल /गोपाल पोखरेल २०६२१/२/६, (१५) मुलुकी दैनिक-महेश्वर चामलिङ राई/पुष्पकुमार राई २०६३/१/६, (१६) नागरिक आबहान साप्ताहिक-हरिकुमार राई/हरिकुमार राई २०६३/२/२३, (१७) जनसमन्ध साप्ताहिक–बैकुण्ठ दाहाल/कृष्णप्रसाद घिमिरे २०६३/६/१३, (१८) बेग साप्ताहिक–हेमन्तबहादुर थापा/सागर थापा २०६५/४/१४, (१९) नया पुर्ब शितिज साप्ताहिक–साबित्रा पाण्डे/सुमित्रा कोइराला २०७३/१२/२६, (२०) गृहगुप्तचर साप्ताहिक–रोहितकुमार सिङ/कृष्णकुमार दुलाल २०६४/३/२९, (२१) सगरमाथा साप्ताहिक–इश्वर तामाङ/अशोक तामाङ २०६४/४/२३, (२२) त्रिबेणि शुसेली साप्ताहिक–कुमारसिंह राई/कुमारसिंह राई २०६४/८/२६, (२३) उदयपुर पोष्ट साप्ताहिक–नेत्र कुमार सुनुवार/हरिकुमार राई २०६४/१/१९, (२४) नया सहयात्री साप्ताहिक-सङ्गम प्रकाशन प्राली/लिलाप्रसाद निरौला, (२५) किरात टाइम्स दैनिक-सुबासचन्द्र राई/हरिकुमार राई २०६५/३/१, (२६) पुर्ब नेपाल साप्ताहिक-अजयकुमार साह/अजयकुमार साह २०६५/३/९, (२७) पुर्बतारा साप्ताहिक-पर्शुराम पोखरेल/भिम बिक २०६५/३/१८, (२८) हाम्रो खबर साप्ताहिक-कुशलबाबू बस्नेत/कुमारसिंह कार्की २०६५/४/१४, (२९) खबरदारी साप्ताहिक-उजुर राई/अधिराज राई २०६५/६/१५, (३०) दलित दर्पण साप्ताहिक-दलित दर्पण प्रकाशन प्राली/भिम बिक २०६५/८/२९, (३१) जङघार दैमासिक-गजेन्द्र राई/स्वर्गिय दिपक कुमार राइ २०६६/३/२९, (३२) त्रियुगा टाइम्स साप्ताहिक-बिश्वराज तामाङ/किरण ढुङ्गाना २०६६/११/२१, (३३) बरुवा टाइम्स दैनिक-बलदेब चौधरी/प्रदिपकुमार चौधरी २०६६, (३४) हाम्रो बेलका साप्ताहिक-रबिन कुमार श्रेष्ठ/मणिराज राई २०६६/६/८, २०६७/११/४ देखि गङ्गा राई प्रकाशक, (३५) गाइघाट टुडे दैनिक-सुनिल साह/अजयकुमार साह २०६७/८/९, (३६) हिमपात सन्देश दैनिक-बुद्धि चामलिङ राई/उदय राई २०६८/२/२३, (३७) त्रिबेणि पोष्ट साप्ताहिक-केदार कोइराला/केदार कोइराला २०६८/५/६, (३८) उदयपुर दर्पण पाछिक-राधारमण खतिवडा/राधारमण खतिवडा २०६८/५/६, (३९) सङघिय राज्य साप्ताहिक-यमन दनुवार/शम्भुकुमार दनुवार २०६८/३/४, (४०) मलाकी माशिक-सङ्गिताकुमारी चौधरी र रामकुमार राई २०६८/१२/२०, (४१) ताप्ली पोखरि साप्ताहिक-भिम बहादुर बिक/भिमबहादुर बिक २०६९/२/२९, (४२) कटारी साप्ताहिक-हिरालाल अधिकारी/रामशेर राई २०६९/३/२६, (४३) उदय टाइम्स साप्ताहिक-स्वर्गीय रामप्रसाद भट्टराई/उर्मिला काफ्ले २०६९/४/५, (४४) द न्युज पार्क विक्ली साप्ताहिक-बिरेश दाहाल/खेम नारायण दाहाल २०६९/४/२६, (४५) त्रियुगा एक्सप्रेस दैनिक-बिश्वराज तामाङ/किरण ढुङ्गाना २०६९/१२/१९, (४६) क्रान्ति सन्देश साप्ताहिक-मधुकर थापा/टेकराज रिखाम २०७०/२/१६, (४७) उज्यालो साहित्य मासिक-शर्मिला कटुवाल /शेषराज निरौला २०७०/६/४, (४८) त्रियुगा पाछिक-नेत्रकुमार सुनुवार/कैलाश राई २०७०/११/३०, (४९) साझा दर्पण साप्ताहिक-देबराज राई/अर्जुन राउत २०७१/८/२, (५०) कृषि आवाज मासिक-अर्गानिक एग्रीकल्चर पब्लिकेशन-बिकाश भट्टराई २०६२/२/२५, (५१) चौदण्डिगढी साप्ताहिक-जीवन राई/भैरब श्रेष्ठ २०६२/११/२०, (५२) युके साप्ताहिक-पर्शुराम पोखरेल/नारायणप्रसाद अधिकारी २०७३/४/२९, (५३) उदय श्री साप्ताहिक-जिबनाथ दाहाल/बिकास २०७३/६/२५, (५४) जनभाब दैनिक-अमर मिडिया प्राली/राधारमण खतिवडा २०७३/६/१४, (५५) स्विकार पोष्ट मासिक-चन्द्र कुमार राई/चन्द्र कुमार राई २०७३/१०/३, (५६) दुर्गम एक्सप्रेस साप्ताहिक-सबिता राई/महेन्द्र बहादुर राई २०७४/३/२०, (५७) खुलासा पोष्ट साप्ताहिक-राकेश नेपाली/रन्जना पोखरेल २०७४/३/२०, (५८) समाबेसी कटारी साप्ताहिक-दुखी पासवान/बलराम घिमिरे २०७४/१०/८, (५९) गाउले साहित्य फुलबारी-गोबर्धन तामाङ/केदार कुमार कार्की २०७४/११/२, (६०) जनशायरा त्रैमासिक-अर्जुन राउत/अर्जुन राउत, (६०) सम्बृद बेलका साप्ताहिक-भरत घिमिरे /सुमन कटुवाल २०७५/२/२६, (६१) बेलका खबर साप्ताहिक-जयराम पुर्बछाने मगर/अम्बिका निरौला २०७५/२/२६, (६२) उदयपुरगढी साप्ताहिक-होमबहादुर बस्नेत/जोगमाया खत्री २०७५/६/१८, (६३) रातो सुखानी मासिक-लकक्षमण पौडेल/दिपक राई २०७५/९/६, (६५) लोकमन्जरी त्रैमासिक-राममणी पोखरेल/यशोदा कुमारि पोखरेल २०७५/९/१९, (६५) उदयपुर श्रीमिक दैनिक-गजेन्द्र कुमार भगत-जगत प्रसाद बन्जारा २०७६, (६६) गढी खबर दैनिक–चौदण्डिगढी मिडिया प्राली/भोटराज राई २०७५/१२/२६, (६७) बेलका बाल बगैँचा त्रैमासिक-ललित राई/खेमराज निरोउला २०७६/१/१५, (६८) एकता खबर दैनिक-भरत घिमिरे/बिजय कुमार राउत, (६९) लिमचुङबुङ साप्ताहिक-लिमचुङबुङ मिडिया प्राली/अरुण कुमार राई २०७५/३/५ ।

