
पूर्णपुष्टि, चैत ३० ।
पछिल्लो समय भारतबाट नेपाल आइ गाउँमा तथा मस्जिदहरुमा मानिस आउने र लुकेर बस्नसक्ने भन्दै सुरक्षा निकायले मस्जिदहरुमा निगरानी बढाएको छ । पछिल्लो समय भारतबाट आएका मानिसहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि यसरी निगरानी बढाइएको हो । पछिल्लो समय विरगंजमा पत्ता लागेको कोरोना संक्रमित तीन जना भारतीय नागरिक हुन् ।
भारतबाट लाखौं मानिस नेपाल प्रवेश गरेका छन् । यस अवस्थामा स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्नुका साथै गाँउगाउँमा लुकेर बस्न सक्ने कुरालाई ध्यानमा राख्दै खोजी गर्ने गरेको छ भने मस्जिदहरुमा निगरानी बढाएको छ ।
आज उदयपुरका सदरमुकाम र आसपासका क्षेत्रका गाउँहरु तथा मस्जिदहरुमा अनुगमन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । त्यसक्रममा त्यस किसिमको संकास्पद मानिस वा लुकाएर राखिएको मानिस फेला नपरेको बताउनुभयो । अहिले फेला नगरेपनि निरन्तर निगरानी र अनुगमन भइरहने उहाँले बताउनुभयो ।
