
मोरङ, श्रावण २
मोरङको केरावारी गाउँपालिकाका अध्यक्षलाई कुटपिट गर्ने एक जना पक्राउ परेको छ । गाउँपालिका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज बिहान साँढे ११ बजे गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका–१० का ३२ बर्षीय ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
