
पूर्णपुष्टि, फागुन २२ गते ।
गोरखाको मान्बुमा जिप दुर्घटना हुदा वडा सचिवको मृत्यु भएको छ भने गाउँपालिका उपाध्यक्षसहित सात जना घाईते भएका छन् । गतराती भएको दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिव लमजु निबासी किरण रिमालको घटना स्थलमै मृत्यु भएको हो ।
काशी गाउँमा अपाङ्ग परिचयपत्र वितरण गर्नका लागी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ र कर्मचारीसहितको टोली चढेको ग १ ज ५५०५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उपाध्यक्ष गुरुङसहित घाईते भएका सातै जनालाई स्थानीय स्वास्थ्य केन्द्रमा प्रथमिक उपचार गरी काठमाण्डौ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
