
मिलन परियार
लिम्चुङ्बुङ, जेठ १३ गते ।
लिम्चुङ्बुङ गाउँपालिकाले गरिब ४ सय १५ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको ५ वटै वडा भित्रका गरिब विपन्न ४ सय १५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागी सरकारले देश लकडाउन गरेको छ । लकडाउनले दैनिक ज्यालामजदुरी गरी खाने, गरिव तथा विपन्न परिवारमा उत्पन्न भएको खाद्यान्न संकटकलाई हटाउने उद्देश्यले राहत वितरण गरेको पालिकाले जनाएको छ ।
पालिकाले दैनिक ज्याला मजदुरी गर्ने, गरिब तथा विपन्न घरपरिवारको पहिचान गरी प्रत्यके वडामा पुगेर दाल, चामल, खाने तेल, नुन लगायतका खाद्यान्न वितरण गरेको बतरण गरेको पालिकाको बिपत ब्याबस्थान संयोजक तथा ५ न. वडाध्यक्ष केशरकुमार खडकाले जानकारी दिनुभयो ।
गाउँपालिकाको १ न. वडा बासबोटेका ६४ घर, २ न. वडा ताम्लिछाका ७७ घर, ३ न. बाराहाका ९६ घर, ४ न. वडा बलम्ताका ८८ घर र ५ न. वडा जाँतेका ९० घर परिवार लाई खाद्यान्न वितरण गरेको खडकाले जानकारी दिनुभयो ।
यसअघि पालिकाले पढाई तथा विभिन्न कामको सिलसिलामा देशमा विभिन्न सहरमा रहेका पालिकाबासीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको पालिकाले जनाएको छ ।
