
पूर्णपुष्टि, चैत १४ ।
उदयपुरकाे राैतामाइ गाउँपालिकाे वडा नं. ५ र ६ काे हात्तीपाइले, रूवाला लगायतका गाउँमा दुइदिनदेखि घरकाे संघारमा अंगार फेला पर्न थालेकाे खबर गाउँलेहरूले गरेका छन् । फेला परेकाे अंगारलाइ काेराना भाइरसकाे दवाइ भन्दै टिका लाउने गरेकाे पनि बताएका छन्र ।
राैतामाइ गाउँपालिकाका अध्यक्षा गजेन्द्र बहादुर खड्काले गाउँभरीकै घरहरूमा संघार खन्दा अंगार फेला परेकाे खबर पाएकाे बताउनुभयाे । गाउँलेकाे कुरा सुन्दा अचम्म लाग्ने किसिमकाे रहेकाे उहाँले बताउनुभयाे । यसलाइ विशेष रूपले अनुसन्धान नै गरेर हेर्न जरूरी ठानेकाे उहाँले बताउनुभयाे ।
संघारमा थाेरै खनेपछि अंगार फेला पर्ने गरेकाे पालिकाकी कार्यपालीका सदस्य गाैरीमाया मगरले बताउनुभयाे । सामुन्नेमै खनेर काेइला निकालेर गाउँलेहरूले टिका लगाएकाे मगरले बताउनुभयाे । हिजाेदेखि यसरी काेइला खनेर निकालेर काेरानाकाे दबाइ भन्दै गाउँलेहरूले लाउन थालेका हुन् । सदस्य मगर स्वयमले समेत टिका लगाएकाे बताउनुभयाे ।
वडा नं. ६ रूवालाका स्थानीय नेत्र बस्नेतले पत्याउन गाह्राे तर सत्य घटना भएकाे बताउनुभयाे । घरमै पनि श्रीमतीले संघार खनेर अंगार निकालेकाे उहाँले बताउनुभयाे । गाउँभरीका गाउँलेहरूले त्यसरी नै खनेर निकालेकाे उहाँकाे भनाइ छ । गाउँघरमा चुल्हाेमा हुने दाउराकाे सामान्य अंगार जस्तै कालाे बस्तु भेटिने गरेकाे छ । साइज सामन्यतय सानै हुने गरेकाे छ ।
काठमाडाैंदेखि गाइघाट, गाइघाटदेखि खाँबु र खाँबुदेखि गाउँमा फाेन मार्फत संघारमा काेराेनाकाे दबाइ अंगार भेटिन्छ भन्ने खबर पाएकाे गाउँलेहरूले बताएका छन् । कस्ले र किन फाेनमा खबर गरयाे भन्ने कुरा भने गाउँलेहरूले प्रष्ट बताउन सकेका छैनन् । गाउँलेहरू कसैकाे भनाइ वा अन्धविश्वासमा परेकाे हुनसक्ने भन्दै गहिराे अनुसन्धान गर्नुपर्ने देखिएकाे छ ।
(यसवारे गाउँलेसंग गरिएकाे माेवाइलवार्ता सुन्न यहाँ क्लिक गर्नुहाेस् ।
