Saturday, June 6News That Matters

गाडीमा १७ वर्षीया किशोरी बलात्कृत, किशोरीको बुवाले कुटपित गर्दा चालकको मृत्यु

पूर्णपुष्टि, वैशाख २५ गते ।
काठमाडौंबाट ईलाम आएकी एक १७ वर्षीया किशोरी गाडी भित्रै बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको आरोपमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले शनिवार पक्राउ परेको छ ।
किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको मृत्यु भएको हो । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।