
पूर्णपुष्टि, फागुन १२
अफ्रिकी मुलुक गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो ।
गिनीमा इबोेलाबाट केही व्यक्तिको मृत्यु भईसकेको छ । गत फेब्रुअरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ ।
जोखिममा रहेका नागरिक र अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने संगठनले जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको मृत्यु भएको थियो ।
अफ्रिकी मुलुक गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् ।
