Monday, April 20News That Matters

गुणस्तरीय शिक्षामा प्रश्नै प्रश्न, निशुल्क की बढी शुल्क

पूर्णपुष्टि, १९ जेष्ठ ।
शिक्षा प्रदान गर्ने राज्यको दायित्व अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने जिम्मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ भनि नेपालको संविद्यानमा उल्लेख गरिएको छ ।

त्यो सँगै सरकारले गुणस्तरीय र प्रभावकारी शिक्षामा पनि समान अधिकारको पहुँच हुने उल्लेख गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय, अविभावक, विद्यार्थी र सरकारको आ–आफ्नै जिम्मेवारी पनि होला तर पनि नेपालमा गुणस्तरीय शिक्षामा भने अझै पनि पश्नै प्रश्नहरु उब्जीरहेको अवस्था छ ।

तर फेरी यसबीचमा पनि प्रश्नै खडा हुन्छ । सबैभन्दा बढी महत्वको क्षेत्रसमेत रहेको शिक्षालाई प्रभावकारी र गुणस्तर बनाउने कुरापनि बाराम्वार भैरहेपनि कुरामा मात्रै सिमित व्यवाहरमा खासै प्रगति नभएको एक कार्यक्रमले देखाएको छ । शुक्रबार गाईघाटमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको शिक्षामा लगानीको अवस्था र स्थानीय सरकाकरो भुमिका बिषयक अन्तरक्रियामा गुनस्तरीय शिक्षाको बिषयमा गम्भीर प्रश्नहरु उठेका छन् ।

शिक्षक, स्थानीय सरकार, गैरसरकारी संस्था, संञ्चारकर्मी, एन्जीओ लागायत सम्बन्धीत निकायहरुबीच भएको बृहत छलफल तथा अन्तरक्रियामा गुणस्तर शिक्षामा समुदायहरु अझै पनि कम्जोरी रहेको जनाए । शिक्षामा सरकारले बढी मात्रामा लगानी गरेपनि गुणस्तर शिक्षामा सुन्तुष्ट हुने रिजल्ट प्राप्त नभएको जनाए । यसका मुख्य कारणहरु कार्यन्वयन पक्ष र स्वार्थ संग जोडिएको समस्याले रहेको देखाईएको छ ।

कार्यक्रममा त्रियुगा नगरपालिकाको शैक्षिक अवस्थालाई प्रस्तुत गरिएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको केन्द्रीय सदस्य समेत रहेका अजय साहले त्रियुगा नगरपालिका भित्र पनि गुणस्तरीय शिक्षामा समस्या रहेको देखाए । शाहका अनुसार त्रियुगामा ६८ ओटा सामुदायीक विद्यालय र ४५ ओटा निजि विद्यालयहरु रहेको जनाए ।

नगरपालिकाको गुणस्तर शिक्षाबारे जानकारी पाएपछि उपस्थितहरुले प्रश्न उठाएका छन् । उनिहरुले त्रियुगा नगरभित्र पनि मापदण्ड अनुरुप शिक्षा प्रदान गर्न नगरपालिका चुकेको जनाए । नगरमा मापदण्ड र गुणस्तर शिक्षा सुनिश्चितामा स्वास्र्थहरु समेत बाँझिने जनाए ।

उपस्थितिहरुले अन्तरक्रियाको क्रममा त्रियुगाको सामुदायीक विद्यालयहरुमा शुल्क लिने काम गरेको समेत गुणसो गरे । निशुल्क शिक्षाको कुरा चलिरहँदा अंग्रेजी मिडियमको नाउमा विद्यार्थीहरुबाट महिनाको १ हजारको दरले पैसा उठाउने गरेको एक सहभागीले जनाए । उनले निशुल्क शिक्षामा किन विद्यार्थीहरुबाट पैसा लिनु पर्ने भन्दै प्रश्न गरे । विद्यालयले उक्त पैसा सहयोगका नाममा उठाउने गरेको उनले पोखे । अंग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने त्रियुगा नगरपालिका भित्र रहेको सामुदायी विद्यालयमा संञ्चालन भएका सामुदाय विद्यालयहरुले पैसा उठाउने गरेको जनाए । यो सँगै त्रियुगामा गुणस्तरीय शिक्षाको कम्जोरीका कारण विद्यालयमा सेनेटरी प्याड, जताततै हाई स्कुलहरु, अनुगमन नहुनु , विषयगत शिक्षक अभाव, नगरपालिका आफै स्पष्ट नहुनु । प्राविधिक ज्ञानमा पछि पर्नु, शिक्षक नियुक्त जस्ता कार्यमा स्वार्थ बाझिनु लगायत समस्या रहेको जनाए ।
नगर प्रमुख वसन्त बस्नेतले बजेट अभावमा गुणस्तरीय शिक्षा पछि परेको जनाए । प्रमुख बस्नेतले गुणस्तरीय शिक्षाका लागि समुदाय पनि लागि पर्नु पर्ने जनाए । आफुले मात्रै प्रयास गर्दा शिक्षामा सबैखाले परिणामहरु आउन नसक्ने जनाए ।

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह नेपालको ४० जिल्लाहरु र विश्को ३० देशमा संञ्चालन भैरहेको अभियानका जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष पुष्प पोखरेलले जनाए । पोखरेलका अनुसार गुणस्तरीय शिक्षा र संघियता शिक्षा ऐन लागु जारीका लागि दवाव दिन सप्ताहव्यापी रुपमा कार्यक्रम संञ्चालन भैरहेको पोखरेलको भनाई छ । यस सप्ताह अन्तर्गत गुणस्तरीय शिक्षाबारे शन्देस प्रचारप्रसार अन्तरक्रिया र हस्ताक्षर संकलनको कार्य भैरहेको अध्यक्ष पोखरेलले जनाए ।