
पूर्णपुष्टि, कार्तिक ६
चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर–६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको छ । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्दै आएको डीएसपी पाण्डेले बताए । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिप्लिएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
