
बैशाख ५
नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले गृह मन्त्री पदको शपथ लिनुभएको छ ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई शपथ ग्रहण गराउनुभएको हो । एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो ।
पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ ।
शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी हुनुभएन ।

