
पूर्णपुष्टि,चैत १०
गृहकार्य नगरेको भन्दै अछाममा प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गर्दा घाईते भएका छन् । साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी युवराज खड्का घाइते भएका हुन् ।
चैत ३ गतेकै घटना भए पनि आज मात्रै बाहिरीको हो । प्र.अ खड्काले युवराजलाई गणित विषयको गृहकार्य नगरेको भन्दै कुटपिट गरेको पिडितले बताएका छन् ।
गणित विषय निकै गाह्रो लाग्ने भएकोले आफुले गृहकार्य नगरेपछि सरले गालामा हानेको पिडितले बताएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्र.अ खड्काले गृहकार्य नगरेपछि युवराजलाई कुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यस भन्दा पहिले पनि अन्य प्रअले विद्यार्थीमाथि कुटपिट गर्ने गरेको तर बाहिर नआएको स्थानीयहरुले बताएका छन् ।
